३ चैत्र २०८२, मंगलवार

एन्फा बिरुद्ध आन्दोलनमा उत्रिए ‘ए’ डिभिजन क्लब

कोलोराडोखबर संवाददाता , March 17th, 2026

नेपाल । सहमतिबिनै अखिल नेपािल फुटबल संघ (एन्फा) ले चैत ३० गते देखि शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि क्लबहरू आन्दोलनमा उत्रिएका छन् ।

‘ए’ डिभिजन क्लबका पदाधिकारीले सोमबार विभिन्न सात बुँदे माग राख्दै एन्फा मुख्यालयमा धर्ना समेत दिएका छन् । एन्फाले लिग आयोजनाको नाममा एकलौटी निर्णय गरेको र यसअघि क्लबहरूसँग गरेको सम्झौता पालना नगरेको हिमालयन शेर्पा क्लबका अध्यक्ष एवं एन्फाकै पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनुभयो ।

शेर्पाले नेपाली फुटबल आइसियूमा पुगेकोले बचाउनका लागि आफुहरू सडकमा आएको बताउनुभयो ।उहाँले एन्फाले क्लबहरूको माग पूरा नगरेसम्म धर्ना र आन्दोलन जारी रहने पनि बताउनुभयो ।

यसअघि नेपाली फुटबल खेलाडी सङ्घले नियमित फुटबल गतिविधि नगरी एन्फा नेतृत्व अर्ली निर्वाचनको नाममा पुनस् चुनावको तयारीमा रहेको भन्दै आन्दोलनमा उत्रिएको थियो ।

खेलाडीको आन्दोलनपछि एन्फाले हतारमा चैत ३० गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सुचना सार्वजनिक गरेको थियो । उक्त सुचनाप्रति लिगमा सहभागी क्लबहरूले सबै पक्षको सहमति र तयारी बिनै एन्फाले हावामा लिगको विषय अगाडि सारेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्