नेपाल । नेपाली कांग्रेसका ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले सभापति गगनकुमार थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका छन् ।
शनिबार बिहान बालुवाटारमा भेटेर उनीहरूले राजीनामा समस्याको समाधान नभएको भन्दै पद नछाड्न सुझाएका हुन् ।
सभापति थापालाई भेट्न सहमहामन्त्री प्रकाश रसाइलीको नेतृत्वमा, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईँलगायत नेताहरू पुगेका थिए ।
हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा कांग्रेसको लज्जास्पद हार बेहारेपछि सभापति थापा राजीनामा दिने तयारीमा छन् भने पार्टीभित्रै इतर पक्षको दबाब पनि छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्