१ चैत्र २०८२, आईतवार

श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका सांसदको नाम टुंग्यायो

कोलोराडोखबर संवाददाता , March 15th, 2026

नेपाल । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका सांसदको नाम टुङ्ग्याएको छ। फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट श्रम संस्कृतिले समानुपातिकतर्फ ४ जना सांसद पाएको छ।

श्रम संस्कृतिका महासचिवसमेत रहेका खोटाङबाट प्रत्यक्ष निर्वाचित सांसद आरेन राईका अनुसार सो पार्टीले खस आर्य महिलाबाट सुनसरीका अम्बिका सङ्ग्रौला, आदिवासी जनजातिबाट संखुवासभाका पूर्ण लिम्बु, आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान र दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेललाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्