अमेरिका । विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा नेपालको सुर्खेत जिल्लामा १६ वर्षीया इनिशा बिकको समूहगतरूपमा जवरजस्ती बलात्कारपछि हत्या गरिएको प्रति जातिभेद विरुद्ध विश्वमञ्च, ग्बोवल फोरमले गम्भीर ध्यानाआर्कषण भएको जनाएको छ ।
संस्थाका महासचिव अर्जुन बगालेद्वारा प्रकाशित विज्ञप्तिमा यस घटनाले ग्लोबल फोरम परिवार लगायत संसारभर छरिएर रहेका हाम्रा समुदायका सदस्यहरूमा मर्माहित बनाएको उल्लेख छ ।
‘नेपालमा विगत लामो समयदेखि दलित महिलाहरूमाथि यस्ता जघन्य अपराधजन्य कार्य हुँदै आएका छन् । यस्ता घटनामा सरकारबाट सो अनुरूपको दण्ड सजाँय नभएकोले यस्ता घटनाहरूले प्रश्रय पाइरहेका छन् । महिलाहरू माथि हुने हिंसाको यो उच्चतम र गम्भिर अपा्राधमा संलग्न अभियुक्तहरूलाई तत्काल कडाभन्दा कडा कानूनी सजाँय गरी पीडित परिवारलाई क्षतिपूर्तिसहित यथोचित न्याय दिन जोडदार माग गर्दछौं ।’, विज्ञप्तिमा उल्लेख छ ।
सुर्खेतस्थित गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, सहिद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्तहरूले सामूहिक बलात्कार भएको भन्दै २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिसाको बलात्कारपछि मृत्यु भएको देखाएको छ । सो घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्