३० फाल्गुन २०८२, शनिबार

अमेरिकी सेनाको जहाज पश्चिमी इराकमा दुर्घटनामा पर्दा छ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , March 14th, 2026

अमेरिका । अमेरिकी ‘सेन्ट्रल कमान्ड’ले अमेरिकी सेनाको एउटा इन्धन भर्ने जहाज पश्चिमी इराकमा दुर्घटनामा पर्दा चालकदलका सबै छ जनाको मृत्यु भएको जनाएको छ ।

उक्त घटनामा शत्रुपक्ष वा आफ्नै सेनातर्फबाट कुनै पनि गोलाबारीको संलग्नता भएको नदेखिएको बताइएको छ ।

यो विमान इरानविरुद्ध अमेरिकाले जारी राखेको आक्रमणमा प्रयोग गरिएको थियो । यस घटनामा दुईवटा विमान संलग्न रहेको र दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्