२९ फाल्गुन २०८२, शुक्रबार

क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु

कोलोराडोखबर संवाददाता , March 13th, 2026

नेपाल । क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर– १२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिका २७ वर्षका भुवन विकको मृत्यु भएको हो ।

रोजगारीका लागि बोस्निया गएका उनीहरु घुम्नका लागि क्रोएसिया जाँदा बाटोमा दुर्घटना भएर मृत्यु भएको एनआरएन क्रोएसियाका अध्यक्ष साइमन तामाङले जानकारी दिए ।

तामाङका अनुसार फेब्रुअरी १२ तारिखमा ९ठीक एक महिनाअघि० भएको थियो । दुर्घटना परेर मृत्यु हुने दुई युवाको शव नेपालमा लैजान पहल भइरहेको तामाङले जानकारी गराए ।

बोस्निायाबाट घुम्नका लागि क्रोएसिया जानेमा तीन नेपाली र एक पाकिस्तानी रहेको खुलेको छ । दुर्घटनामा एक नेपाली महिला एक पाकिस्तानी घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको तामाङले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्