२९ फाल्गुन २०८२, शुक्रबार

युद्धमा होमिएको इरानले सन् २०२६ को फिफा विश्वकप नखेल्ने

कोलोराडोखबर संवाददाता , March 13th, 2026

नेपाल । अमेरिका र इजरायलको आक्रमणपछि युद्धमा होमिएको इरानले सन् २०२६ को फिफा विश्वकप नखेल्ने भएको छ ।

इरानका खेलकुद मन्त्री अहमद डोन्यामालीले देशको वर्तमान अवस्थाका कारण विश्वकपमा सहभागिता जनाउने अवस्था नरहेको बताउनुभएको छ । आगामी जुन ११ तारिख देखि सुरु हुने विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैैछन् ।

इरानले एसियाली छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएको थियो । विश्वकपमा इरान समूह ‘जी’ मा छ । यस समूहमा इरानले न्युजिल्यान्डसँग जुन १५ तारिख, बेल्जियमसँग जुन २१ तारिख ९दुवै खेल लस एन्जलसमा० र इजिप्टसँग जुन २६ तारिख सियाटलमा खेल्ने तालिका छ ।

अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेइको मृत्यु भएसँगै अहिले इरान अस्थिर बनेको छ ।

यसअघि फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान फुटबल टोलीलाई विश्वकपमा सहभागी हुन स्वागत गरिने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्