२७ फाल्गुन २०८२, बुधबार

अमेरिका निवासी लालगोपाल सुवेदी र दीपा राई पुनसहित चार जनालाई काव्य सम्मान

कोलोराडोखबर संवाददाता , March 11th, 2026

नेपाल । साहित्यिक पत्रकार संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘व्यथित काव्य सम्मान, २०८२’ र ‘व्यथित काव्य डायस्पोरा सम्मान, २०८२’ को घोषणा गरेको छ ।

व्यथित काव्य सम्मान, २०८२ कवि विमला तुम्खेवा र कवि तथा पत्रकार मीनकुमार नवोदितलाई प्रदान गरिने भएको छ । व्यथित काव्य डायस्पोरा सम्मान, २०८२ अमेरिका निवासी कविद्वय लालगोपाल सुवेदी र दीपा राई पुनलाई प्रदान गरिने संघले जनाएको छ ।

साहित्यकार प्रमोद प्रधानको संयोजकत्वमा गठित समितिको सिफारिसमा संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकबाट यस्तो निर्णय गरिएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्