२३ फाल्गुन २०८२, शनिबार

एनआरएनएको पूर्वनिर्धारित निर्वाचन तालिका कार्यान्वयन गर्न माग

कोलोराडोखबर संवाददाता , March 7th, 2026

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४–१६ मा हुने १२औँ महाधिवेशनमा सहभागी हुन काठमाडौँ आइपुगेका ३५० भन्दा बढी प्रतिनिधिहरूले पूर्वनिर्धारित निर्वाचन तालिका कार्यान्वयन गर्न माग गरेका छन् ।

संघका अमेरिका क्षेत्रीय उपसंयोजक पूर्ण बानियाँको नेतृत्वमा शुक्रबार संघको केन्द्रीय कार्यालय पुगेको प्रतिनिधिमण्डलले संघका अध्यक्षद्वय डा. बद्री केसी र महेशकुमार श्रेष्ठमार्फत परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै निर्वाचन सार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।

ज्ञापनपत्रमा मध्यपूर्व क्षेत्रका साथीहरूको संवेदनशील अवस्थालाई आधार बनाएर मानसिक दबाब सिर्जना गर्दै बृहत् एकताको वातावरण खलबल्याउने तथा विभिन्न बहानामा निर्वाचन मिति सार्ने प्रयास कुनै हालतमा स्वीकार्य नहुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्