नेपाल । परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वका विभिन्न मुलुकमा गरी १७ लाख २९ हजार २८८ नेपाली नागरिक रहेको जानकारी दिएको छ । मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्याङ्क सार्वजनिक भएको हो ।
मन्त्रालयका अनुसार खाडी र मध्यपूर्व क्षेत्र नेपाली श्रमिकका प्रमुख श्रमगन्तव्य भएकाले त्यहाँ ठूलो सङ्ख्यामा नेपाली नागरिक कार्यरत छन् । पछिल्लो समय क्षेत्रीय सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सरकारले सम्बन्धित देशमा रहेका कूटनीतिक नियोग मार्फत अवस्था अनुगमन गरिरहेको जनाएको छ।
नेपालीको विवरण :
इजरायल : ६ हजार ५ सय, इजिप्ट : ५ सय, ओमन : २५ हजार, कतार : ३ लाख ५७ हजार ९१३, कुवेत : १ लाख ७५ हजार, बहराइन : २८ हजार, साउदी अरेबिया : ३ लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्स : करिब ७ लाख, लेबनान : १ हजार ५ सय, इराक : ३० हजार, साइप्रस : १७ हजार, इरान : ६ जना

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्