१७ फाल्गुन २०८२, आईतवार

पाकिस्तान टी-२० विश्वकपबाट बाहिरियो

कोलोराडोखबर संवाददाता , March 1st, 2026

नेपाल । पाकिस्तान टी–२० विश्वकपबाट बाहिरिएको छ।

सुपर आठ अन्तर्गतको खेलमा श्रीलंकालाई १४७ रनमा रोक्न नसकेपछि पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको हो ।

पल्लेकेलेमा शनिबार भएको खेलमा पाकिस्तानले घरेलु टोली श्रीलङ्कालाई ५ रनले हरायो ।

पाकिस्तानले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन मात्र बनाउन सक्यो। श्रीलङ्काका कप्तान दसुन शनाकाले नटआउट ७६ रन, पवन रथनायकेले ५८ रन बनाए । पाकिस्तानका अब्रार अहमदले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर २ सय १२ रन बनायो । पाकिस्तानका शाहिबजादा फरहानले १०० रन, फखर जमानले ८४ रन बनाए । श्रीलङ्काका दिनशान मदुशन्काले ३ विकेट लिए ।

योसँगै समुह २ बाट न्यूजील्याण्ड सेमिफाइनलमा पुगेको छ। यस समुहबाट इङल्याण्ड यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्