नेपाल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्वच्छ, स्वतन्त्र र निष्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा सरकारले म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको हो ।
नेपाली सेनाबाट ७९ हजार ७ सय २७, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्ट्रिय अनुसन्धानबाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरी (म्यादी) बाट १ लाख ४९ हजार ९० जना परिचाल गरिएको छ ।
निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजकसमेत रहेका आयुक्त सगुन शमशेर जबराले अहिलेसम्म मुलुकभरको शान्ति सुरक्षाको अवस्थामा कुनै शङ्का गर्नुपर्ने अवस्था नरहेको बताए । र्वाचन यही फागुन २१ गते हुँदैछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्