-आर. आर. चौलागाईं-
फोहर थुप्रिँदै गएपछि ग्याँस हुन्छ
ग्याँस पनि जम्मा हुँदै गएपछि उकुसमुकुस हुन्छ
उकुसमुकुस पनि थपिँदै गएपछि विस्टोफ हुन्छ
अनि त्यही विस्फोट नै क्रान्ति हुन्छ ।
क्रान्ति भएपछि तहसनहस हुन्छ
क्षतविक्षत हुन्छ
परिवर्तन हुन्छ
कि झन् बिग्रिन्छ कि सप्रिन्छ
क्रान्तिको नायक खराब छ भने बिग्रिन्छ
क्रान्तिको नायक असल छ भने सप्रिन्छ ।
म यतिखेर एउटा असल नायकको खोजीमा छु
मलाई बिगार्नु छैन
सपार्नु छ
आउनोस् हामी सबै मिलेर
एउटा असल नायकको खोजी गरौँ
र क्रान्तिलाई सफल पारौँ ।
कहिलेकाहीँ बन्दूकबाट पनि क्रान्ति हुन्छ
कहिलेकाहीँ मतदानबाट पनि क्रान्ति हुन्छ
अहिले हामी मतदानबाट हुने क्रान्तिको बाटोमा छौँ ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्