नेपाल । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् ।
देउवा बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल सुरक्षास्रोतले जनाएको छ ।
यसअघि नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री शेरहबहादुर देउवाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मतदानसमेत नगर्ने समाचार आएको थियो ।
विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि स्तब्ध बनेका देउवा निर्वाचन आयोगले आफूलाई आधिकारिकता नदिएपछि विचलित थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्