१४ फाल्गुन २०८२, बिहीबार

फागुन २० गतेदेखि २२ गतेसम्म मुलुकभर सार्वजनिक बिदा, जेनजी परिषद् गठन गरिने

कोलोराडोखबर संवाददाता , February 25th, 2026

नेपाल । सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले २०८३ साल वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्का निर्णयहरुः
१। प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय ।

२। चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशय युक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने ।

३। काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायाधीश डाक्टर दिवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने।

४। बिमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने ।

५। विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत्र मसान्त सम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने ।

६। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा मिति २०८२ फाल्गुन २० गतेदेखि २२ गतेसम्म तिन दिन मुलुकभर सार्वजनिक बिदा दिने ।

७। जेनजी परिषद गठन गर्ने ।

प्रतिक्रिया दिनुहोस्