-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । रक्तदान जिवन दान भन्ने मान्यतालाइ आत्मा साथ गर्दै कोलोराडोको डेनभरमा रक्तदान कार्यक्रम योजना हुने भएको छ ।
ब्लड डोनर्स अफ अमेरिका, नेपाली घर तथा Vitalant को संयुक्त आयोजनामा यही फेब्रुअरी २८ तारिक शनिवारका दिन रक्तदान कार्यक्रम सञ्चालन गरिने आयोजना गर्न लागिएको हो ।
रक्तदान कार्यक्रम बिहान १० बजेदेखि दिउँसो १.१५ बजेसम्म डेनभरस्थित 717 Yosemite st. Denver CO. मा हुने ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासेनीले बताएका छन् ।
रक्तदान गर्न इच्छुक ब्यक्ति १६ बर्ष पुगेको, फोटोसहितको परचियपत्र भएको र कम्तीमा १ सय १० पाउन्ड तौल भएको हुनुपर्दछ । उक्त योग्यता पुगेका र रक्तदान गर्न इच्छुक महानुभवहरुलाइ कार्यक्रम बारे थप जानाकारी तथा दर्ताको लागि यस समाचारको अन्त्यमा भएको लिङक वा Vitalant को वेबसाइटमार्फत साइन अप गर्न सकिनेछ । बिस्तृत जानाकारीको लागी BDA कोलोराडो तथा नेपाली घरका पदाधिकारीलाइ सम्पर्क गर्न सकिने मरासेनीले बताएका छन् ।
कार्यक्रम आयोजक संस्थाहरूले रक्तदानजस्तो मानवीय कार्यमा सहभागिता जनाई समाजसेवामा योगदान दिन कोलोराडोवासी नेपाली तथा अन्य समुदायका सदस्यहरूलाई अपिल गरेका छन् ।
एक जनाले दिएको रगतले तीन जनासम्मको जीवन बचाउन सकिने मात्र नभएर नियमित रक्तदान गर्दा ब्यक्तिगत स्वस्थलाइ फाइदा समेतहुने डाक्टरहरू बताउछन । रक्तदानले रक्तचाप नियन्त्रण, हृदयको स्वास्थ्य सुधार, क्यान्सरको जोखिम कम हुने, तौल नियन्त्रण गर्न मद्दत पुर्याउने, नयाँ रक्त कोशिकाहरूको निर्माण हुने जस्ता फइदा हुने डक्टरहरुको दावी छ । रक्तदानबाट अरूको जिवन बचाउन सकिन्छ जसबाट समाजमा सेवामा योगदान पुग्दछ ।
रक्तदान गर्न चाहनुहुने महानुभावहरुले यस मुनीको लिंक थिची आफुलाइ उपयूक्त समयमा नाम दर्ता गराउनुहुन अनुरोध छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्