१ फाल्गुन २०८२, शुक्रबार

रास्वपाका नेता प्रणय शमशेर राणाले पार्टीबाट किन दिए राजीनामा ?

कोलोराडोखबर संवाददाता , February 13th, 2026

नेपाल । रास्वपा सभापति रवि लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले पार्टीबाट राजीनामा दिएका छन् ।

राणाले राजीनामा पत्र नै सामाजिक सञ्जालमा सार्वजनिकसमेत गरेका छन् । उनको राजीनामा पत्रमा आन्तरिक लोकतन्त्र र सुशासनको विषयमा बहस भए पनि पार्टी केन्द्रले ध्यान नदिएको उल्लेख गरिएको छ ।

०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका राणााले पार्टीभित्रको निर्वाचनमा आर्थिक अनियमितता भएको आरोपसमेत लगाएका छन् । उनले पार्टीभित्रको प्राइमरी चुनावमै आर्थिक अपचलन भएको आरोप लगाएका छन् । उनले प्राइमरी चुनावमा सधैँ ५० प्रतिशत चलखेलको बाटो राखिएको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्