१ फाल्गुन २०८२, शुक्रबार

फागुन १ गते ‘३० औँ जनयुद्ध दिवस’ मनाइँदै

कोलोराडोखबर संवाददाता , February 13th, 2026

नेपाल । माओवादी पृष्ठभूमि भएका पार्टीहरूले फागुन १ गते ३० वर्षअघिको बलिदानी स्मरण गर्दै विभिन्न कार्यक्रम गर्दै छन् । उनीहरूले आजको दिनलाई ‘३० औँ जनयुद्ध दिवस’ का रूपमा स्मरण गर्ने भएका हुन् ।

तत्कालीन नेपाली कम्युनिस्ट पार्टी (माओवादी) ले रुकुमको राडिज्युला, रोल्पाको होलेरी, सिन्धुलीको सिन्धुलीगढी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा आक्रमण गरेर २०५२ साल फागुन १ गते सशस्त्र युद्ध उद्घोष गरेको थियो ।

यही दिनलाई स्मरण गर्दै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दर्जनभन्दा बढी एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम हुँदै छ ।

नेकपाले पार्टी केन्द्रीय कार्यालयसहित देशैभर ३१ औँ जनयुद्ध दिवस मनाउने निर्णय गरेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्