नेपाल । डा. वामदेव सिग्देलद्वारा लिखित उपन्यास ‘कमला’ लोकार्पण गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा डा. तुलसी भट्टराई, पद्मावती सिंह, भागीरथी श्रेष्ठलगायत साहित्यकारले उपन्यास सार्वजनिक गरे ।
कार्यक्रममा डा. भट्टराईले उपन्यासको विविध पक्षमाथि चर्चा गर्दै नेपाल र अमेरिका दुवै देशको यथार्थ चित्रण गर्नु सक्नु उपन्यासकारको सबल पक्ष भएको बताए ।
समाजशास्त्री सम्झना वाग्ले भट्टराईले उपन्यासको चर्चा गरिन् । उपन्यासकार डा. सिग्देलले लेखकीय धारणा राखे ।
उपन्यास सुन्दर स्वदेश पब्लिकेशनले प्रकाशन गरेको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्