२५ माघ २०८२, आईतवार

विश्वकप टी-२० क्रिकेटमा नेपालले आइतबार इङ्ग्ल्यान्डसँग प्रतिष्पर्धा गर्दै

कोलोराडोखबर संवाददाता , February 8th, 2026

नेपाल । विश्वकप टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत नेपालले आइतबार इङ्ग्ल्यान्डसँग प्रतिष्पर्धा गर्दैछ । सो खेल भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रङ्गशालामा हुने छ ।

नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक विश्वकप खेल्दै छ ।

नेपालका कप्तान रोहित पौडेलले भारतमा भको कप्तानसँगको भेटघाटमा विगतकाभन्दा यसपालिको विश्वकप फरक हुने छ भनी नेपाली समर्थकलाई आश्वासन दिनुभएको छ ।

यसै गरी १०औँ विश्वकप टी–२० को उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । श्रीलङ्काको कोलम्बोमा भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध कठिन तीन विकेटको जित हासिल गर्यो । समूह ‘ए’ मा रहेको पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने निर्णय गरेको छ । त्यसैले पनि पाकिस्तानलाई सुपर आठमा पुग्नु छ भने कुनै खेल हार्ने छुट छैन ।

पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.५ ओभरमा १४७ रनमा अलआउट भएको थयो । नेदरल्यानड्सले अन्तिम छ विकेट २० रनमै गुमाएको हो पाकिस्तानले तीन बल बाँकी छँदा सात विकेटको क्षतिमा ११७ रन बनाएर बल्लतल्ल जित हात पा¥यो । पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान साहिबजादा फरहानले ३१ बलमा सर्वाधिक ४७ रन बनाउनुभयो ।

यसैगरी भारतको कोलकातास्थित इडेन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पाँच विकेटको क्षतिमा १८२ रनको बलियो स्कोर तयार पारेको थियो । स्कटल्यान्ड १८.५ ओभरमा १४७ रनमा अलआउट भयो ।

बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा चल्न नसक्दा अमेरिकाले आईसीसी टी–२० विश्वकपमा निराशाजनक सुरुआत गरेको छ ।

शनिबार सम्पन्न खेलमा अमेरिका २९ रनले पराजित भएको हो। १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो । योसँगै भारतले समूह ‘ए’मा दुई अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्