२५ माघ २०८२, आईतवार

अभिनेता सुनिल थापाको शनिबार ६८ वर्षको उमेरमा निधन

कोलोराडोखबर संवाददाता , February 8th, 2026

नेपाल । अभिनेता सुनिल थापाको शनिबार ६८ वर्षको उमेरमा निधन भएको छ ।

शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेता थापाको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको बताउनुभयो ।

अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

लामो समयदेखि नेपाली तथा भारतीय चलचित्रको अभिनयमा सक्रिय रहनुभएका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत् स्तब्ध बनेको छ । चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय हुनुहुन्थ्यो ।

उहाँ शङ्खमूलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्