नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए अबकी बार सय पारको नारा लगाउन आग्रह गरेका छन् ।
शुक्रबार कास्कीको पोखरामा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले अब कांग्रेसले नै मुलुकको एकल नेतृत्व सम्हालेमात्र देश बन्ने दाबीसहित अबको सरकार कांग्रेसको मात्र नभनी अब सय पार गर्ने गरी मत माग्नुपर्ने बताएका हुन् ।
सभापति थापाले यसका लागि नेता कार्यकर्ताले दुःख भने गर्नुपर्ने बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्