नेपाल । आइसिसी टी–२० विश्वकप शनिबारदेखि सुरु हुँदैछ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ ।
आइसिसी टी–२० विश्वकपको दसौँ संस्करणमा २० टिम सहभागी छन् । विश्वका यी २० उत्कृष्ट क्रिकेट टिमबिच सर्वश्रेष्ठको चयन गर्न ३० दिन लगाएर ५५ खेल खेलिने छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ ।
एक समूहमा पाँच टिम रहने छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्ने छन् । सुपर–८ मा दुई समूह हुने छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्ने छन् । त्यसपछि फागुन २४ गते विश्वकप ट्रफी उचाल्ने टिमको निर्णय हुने छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्