नेपाल । बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने २५ जना घाइतेको उपचार भइरहेको छ ।
विहीबार रातिसम्म ८ जनाको मृत्यु पुष्टि भएको थियो । थप ५ जनाको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो ।
बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस राति करिब ८ बजे पुर्चौंडी नगरपालिका–७ बडगाउँको मोडमा दुर्घटनामा परेको हो । बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
बसमा २७ पुरुष र १८ महिला गरी जम्मा ४५ जना सवार रहेका थिए । बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्