२४ माघ २०८२, शनिबार

लघुकथा समाज नेपाल सम्मान तथा पुरस्कारको घोषणा

कोलोराडोखबर संवाददाता , February 6th, 2026

नेपाल । नेपाली लघुकथाको उन्नयनमा समर्पित संस्था लघुकथा समाज नेपालले वार्षिक रूपमा प्रदान गर्दै आएको तीन सम्मान तथा पुरस्कारको घोषणा गरेको छ ।

समाजको हालै बसेको कार्यसमिति बैठकले ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०८२’ लघुकथाका क्षेत्रमा पनि कलम चलाउँदै आएका साहित्यकार त्रिलोचन ढकाललाई, ‘सावित्री–केशर कथा सम्मान–२०८२’ कथाकार डा। दीनबन्धु शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, समाजले कथाकार रत्न प्रजापतिलाई ‘धनमान कथा पुरस्कार–२०८२’ प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त तीनै सम्मान तथा पुरस्कारको निर्णय भएको समाजका अध्यक्ष तुलसीहरि कोइरालाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्