नेपाल । नेपालले पोखरामा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ महिला फुटबलको फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।
पोखरा रङ्गशालामा सोमबार भएको खेलमा भुटानलाई २–१ गोलले हराउँदै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको हो । नेपाल यसअघि पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो ।
भुटानलाई हराउन नेपालकी सिर्जना बडुवालले ३६औँ र प्रजीता राईले ५९औँ मिनेटमा गोल गर्नुभयो । भुटानका लागि सोनाम छोडेनले ८७औँ मिनेटमा गर्नु भएको गोल सान्त्वना बन्यो । भुटान च्याम्पियनसिपबाट बाहिरिएको छ ।
अब नेपालले अन्तिम खेल बुधबार बङ्गलादेशसँग खेल्नेछ। भुटानले भारतसँग प्रतिस्पर्धा गर्नेछ । चार टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा लिग चरणपछि शीर्ष दुईमा रहने टोलीबिच उपाधि भिडन्त हुनेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्