नेपाल । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ ।
ग्रान्डी अस्पतालले आइतबार दिउँसो १२ः४५ बजे सिटौलाको उपचारको क्रममा सिटौलाको निधन भएको घोषणा गरेको हो ।
४५ वर्षीय सिटौला अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँका पूर्व मेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासि बेहोस हुनुभएको थियो ।
उहाँलाई तुरुन्त अछाम जिल्ला अस्पतालमा लगेर कार्डियोपल्मोनरी रेससिटेसन (सिपिआर) दिइएको थियो । ४५ मिनेट सिपिआर दिएपछि मुटुको चाल फर्किएको थियो ।
त्यसपछि उहाँलाई भेन्टिलेटरमा राखेर सेनाको हेलिकोप्टरमार्फत तत्काल काठमाडौँ ल्याई ग्रान्डी अस्पताल भर्ना गरिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्