नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको प्रशासनिक र राजनीतिक प्रणालीमा सुधार ल्याउन सही कानून र थिति बसाल्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा उनले सस्तो लोकप्रियताका लागि ‘स्टन्ट र चटक’ देखाएर वास्तविक सुधार सम्भव नहुने स्पष्ट पारे।
थापाले सार्वजनिक संस्थाहरूमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन र अनियमितता रोक्न डन्डा बोकेर हिँड्नुको साटो बलियो कानून र प्रक्रिया निर्माण गर्नुपर्नेमा जोड दिए । उनले कांग्रेस अब योजनाबद्ध सुधारको बाटोमा हिँडिसकेको र यसका लागि सबैको साथ आवश्यक रहेको बताए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्