१८ माघ २०८२, आईतवार

कोलोराडोमा हुने नेपाली साहित्य सम्मेलनलाई भव्य बनाउन आर्थिक समिति गठन

कोलोराडोखबर संवाददाता , February 1st, 2026

कोलोराडो । अमेरिकाको कोलोराडामा मे २२ देखि २५ सम्म आयोजना हुने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारीको शिलशिलामा अनेसासको केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ ।

उक्त उपसमितिको सदस्यहरुमा रमेश गुरुङ, वासुदेव खनाल, प्रकाश पौडेल, राज ढुङ्गाना, जगदीश ढकाल, शान्ति भुषाल, शर्मिला शर्मा र सुशील दाहाल रहेका छन् ।

अनेसास केन्द्रीय कार्यसमितिको आयोजनामा तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा हुन लागेको हो ।

कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन आफूहरु तयारीमा जुटिसकेको अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्