१२ माघ २०८२, सोमबार

राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न गृह मन्त्रालयको निर्देशन

कोलोराडोखबर संवाददाता , January 26th, 2026

नेपाल । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भनेको छ, “राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्