नेपाल । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गराएको उम्मेदवारी फिर्ता लिएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डा. भट्टराईले गोरखा–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए । यसअघि निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका उनी अन्तिम समयमा पार्टीको आग्रहमा उम्मेदवार बनेका थिए ।
तर गोरखा–२ क्षेत्रका अन्य राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि उनले आफ्नो निर्णय पुनर्विचार गर्दै उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।
डा. भट्टराईको उम्मेदवारी फिर्तासँगै गोरखा–२ निर्वाचन क्षेत्रको चुनावी समीकरणमा परिवर्तन आउने अनुमान गरिएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्