१० माघ २०८२, शनिबार

नेपालमा सुनको मूल्य एक तोलाको ३ लाख १ हजार ४ सय !

कोलोराडोखबर संवाददाता , January 24th, 2026

नेपाल । नेपालमा निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य तोलामा तीन लाख रुपियाँ नाघेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

बिहीबार दुई लाख ९२ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलामा नौ हजार दुई सय रुपियाँले बढेर तीन लाख एक हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैबिच चाँदीको मूल्यमा समेत तोलामा छ हजार रुपियाँ नाघेको छ । बिहीबार प्रतितोला पाँच हजार ८७० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा ३२० रुपियाँले बढेर छ हजार १९० रुपियाँ पुगेको महासंघले जनाएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस चाँदीको मूल्य ९८ अमेरिकी डलरमा कारोबार भएको छ । चाँदी औद्योगिक प्रयोजनका लागि बढी खपत हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्