-सुदीपभद्र खनाल-
निषेध भेद मुक्तभै समग्र जात जातिका
अनेक भित्र एकभै समुच्च राष्ट्र एकता
मिलेर आज देशको उचाल भाल शैलझैँ
हुँदैन देश स्वर्गझैँ निषेध अन्त्य यो नभै
विभेद मेट आँशुका समेट राष्ट्र भावना
प्रवेग भेदभावका असंख्य दु:ख ताडना
प्रज्वल्ल पार देश यो जुटेर एकभै सबै
हुँदैन देश स्वर्गझैँ विभेद अन्त्य यो नभै
छ द्वेष भाइभाइमा निकाल फाल कल्मष
विशुद्द भातृ भावना लिएर फाल तामस
मसाल बाल लौ जुटी स्वराष्ट्र निम्ति एकभै
हुँदैन देश स्वर्गझैँ छ द्वेष जो सबै नगै
विवेकको चढी रथ स्पृही सुसिर्जना रथि
बनेर राष्ट्र बैँसको युगान्त क्रान्ति सारथि
बनेर हेर थाल लौ समृद्दि शान्ति एक भै
हुँदैन देश स्वर्गझैँ विवेक शक्तिमा नभै
निराश आश मुक्त जो समाज आज दृष्य छ
विशाल उग्र हुण्डरी युगीन भित्र तीब्र छ
कुडा बनेर बग्दछौ तिमी नवीनता नभै
हुँदैन देश स्वर्गझैँ निराश भाव यो नगै
-अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्