नेपाल । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नचिनेका र नजानेका मान्छेलाई भोट हाल्नु विकासका दृष्टिले जोखिमपूर्ण हुने बताएका छन् ।
झापामा आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले धितो र जमानी नभएका अर्थात् राजनीतिक पहिचान र धरातल नभएका उम्मेदवारलाई मतदान गरेर आफ्नो अमूल्य मत खेर नफाल्न मतदाताहरूसँग आग्रह गरे ।
२०६४ सालको निर्वाचनमा नयाँ शक्तिलाई मत दिँदा मुलुकले विकासमा ठूलो मूल्य चुकाउनुपरेको स्मरण गराउँदै उनले त्यसबेलाको अनुभव निकै तितो र अमिलो भएको टिप्पणी गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्