८ माघ २०८२, बिहीबार

नेपाली कांग्रेसको जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष विष्ट कैलाली-४ का उम्मेदवार

कोलोराडोखबर संवाददाता , January 22nd, 2026

नेपाल । नेपाली कांग्रेसले कैलाली–४ मा गोरखबहादुर विष्ट ‘ आनन्द’ लाई उम्मेदवार बनाएको छ ।

सूदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कैलाली–४ को टिकट अस्वीकार गरेपछि सभापति गगन थापाले विष्टलाई टिकट दिएका हुन् ।

विष्ट नेपाली कांग्रेसको जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष समेत हुन् ।

विष्टको पुर्खौली घर डोटी हो। उनी डोटीबाट टिकटको आकांक्षी थिए।

प्रतिक्रिया दिनुहोस्