नेपाल । साहित्यकार समालोचक प्राडा दयाराम श्रेष्ठद्वारा लिखित ग्रन्थ ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
वानीरा फाउन्डेसनद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समालोचक प्राडा वासुदेव त्रिपाठीले कृति लोकार्पण गरे ।
डा. त्रिपाठीले नेपाली कथा साहित्यका आधिकारिक विशेषज्ञ प्रा।डा। दयाराम श्रेष्ठले कथाकार इन्दिरा प्रसाईका कथाबारे समालोचना गरेर न्याय गरेको बताए ।
प्रा।डा। श्रेष्ठले कथाकार प्रसाईका कथाको सौन्दर्यशास्त्रको विवेचना र मीमांसा गरिएको यस कृतिमा आफूले कथासम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको उल्लेख गरे ।
नइ एकेडेमीबाट प्रकाशित उक्त ग्रन्थबारे समालोचक प्रा। केशव सुवेदीले आफ्नो धारणा राखे भने कथाकार प्रसाईले प्रस्तुत ग्रन्थ आफ्नो लेखनयात्राको स्वर्णिम उपलब्धि भएको बताइन् ।
कार्यक्रममा इ। शंकर गिरी, प्राडा ऋषिराम शर्मा र नरेन्द्रराज प्रसाईबाट कृतिबारे प्रकाश पारिएको फाउन्डेसनका सदस्यसचिव प्रसाईद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्