६ माघ २०८२, मंगलवार

NRNA कोलोराडोद्वारा धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापको लागी सहयोग

कोलोराडोखबर संवाददाता , January 20th, 2026

कोलोराडो । धनकुटा जिल्लाको ११२ वर्ष पुरानो जिल्ला अस्पतालमा 🩸 रक्त सञ्चार केन्द्र (Blood Bank) स्थापना गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाको अगुवाइमा, जिल्ला अस्पताल तथा गैरआवासीय नेपाली संघ (NRNA) को सहकार्यमा जोडिँदै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिका कोलोराडो च्याप्टरद्वारा सहयोग संकलन कार्यक्रम सञ्चालन गरिएको छ ।

उक्त सहयोग संकलन कार्यक्रममार्फत कुल USD $1,454 रकम संकलन गरिएको छ । संकलित रकम नेपाली रुपैयाँ रु. २०८,९२८.२९/- मिति: January 19, 2026 (वि.सं. २०८२ माघ ६ गते) नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाको माछापुच्छ्रे बैंक लिमिटेडको खाता नं. 0200008892100014 मा जम्मा गरिएको छ ।

सहयोग संकलनमा NRNA NCC USA कोलोराडो च्याप्टर मार्फत USD $886 र Sherpa Association of Colorado मार्फत USD $568 रकम संकलन भएको हो ।

धनकुटा जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना भएसँगै आपतकालीन अवस्था, जटिल उपचार तथा गर्भवती आमा लगायत बिरामीहरूको जीवनरक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्