६ माघ २०८२, मंगलवार

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार मनोनयन दर्ता हुँदै

कोलोराडोखबर संवाददाता , January 20th, 2026

नेपाल । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएको मितिमा मनोयनमा सहभागी हुन सबैमा अपिल गरेको छ । आयोगले निर्वाचन कार्यतालिका संशोधन नहुने पनि प्रस्ट पारेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार १६५ निर्वाचन क्षेत्रमा नै मनोनयन दर्ता हुँदैछ । माघ २ गते १६५ निर्वाचन क्षेत्रमा नै निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्