नेपाल । सरकार र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच शुक्रबार सम्झौता भएको छ।
पहिलो वार्ता विनानिष्कर्ष भए पनि दोस्रो वार्तामा सहमति जुटेको हो ।
पहिलो चरणमा प्रधानमन्त्री सुशीला कार्कीसँग प्रसाईंको वार्ता भएको थियो । मन्त्रिपरिषद् बैठकका लागि भन्दै पुनः छलफल गर्ने गरी प्रधानमन्त्री निस्किएकी थिइन् ।
त्यसपछिको अर्को वार्तामा नेपाल सरकारका तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नागरिक बचाऊ महाभियानका केन्द्रीय अध्यक्ष प्रसाईंबीच सम्झौता भएको हो ।
नागरिक बचाउ महाभियानले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहा गर्नुपर्ने, नेपाल नेपालीले नै बनाउने र नेपालको व्यापार पनि नेपालीले नै गर्न पाउनुपर्ने मागसहित २७ बुँदे माग गर्दै आएको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्