-आर.आर. चौलागाईं-
कहिले हामीलाई दोबाटोमा ल्याएर छोड्यौ
कहिले हामीलाई भीरमा ल्याएर छोड्यौ ।
लक्ष्य भेट्न हामीलाई गाह्रो भयो
कुहिरो छल्न हामीलाई गाह्रो भयो
कहिले हामीलाई जङ्गलमा ल्याएर छोड्यौ
कहिले हामीलाई खोलामा ल्याएर छोड्यौ ।
तिमी आफैँ अलमलमा रहेछौ
तिमी आफैँ रनभुल्लमा रहेछौ
कहिले हामीलाई आगोमा ल्याएर छोड्यौ
कहिले हामीलाई हिउँमा ल्याएर छोड्यौ ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्