२ माघ २०८२, शुक्रबार

नेपालमा पेट्रोल र डिजल-मट्टीतेलको मूल्य घट्यो

कोलोराडोखबर संवाददाता , January 16th, 2026

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले बिहीबार १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपियाँले घटाएको हो ।

यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपियाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्