नेपाल । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन आयोजक समितिले आआफ्ना निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको विषय निर्वाचन आयोगलाई जानकारी गराएको हो ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीका महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरलाई केन्द्रीय कार्यसमिति बैठकबाट कारबाही गरिएको बुधबारै निर्वाचन आयोगलाई जानकारी गराइएको बताउनुभयो ।
त्यसैगरी कांग्रेसको विशेष महाधिवेशन आयोजक समितिले पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरिएको लिखित जानकारी निर्वाचन आयोगलाई दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको विशेष महाधिवेशनबारे आयोग जानकार रहेको पुष्टि गर्नुभयो ।
त्यसै गरी कांग्रेसको विशेष महाधिवेशन समितिले विशेष महाधिवेशन, कार्यविधि पारित गरिएको र नयाँ नेतृत्व चयन गर्नेबारे लिखित निवेदनमार्फत जानकारी गराएको पुष्टि गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्