१ माघ २०८२, बिहीबार

थाइल्यान्डमा रेल दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , January 15th, 2026

नेपाल । थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तरगतको रेल बुधबार एउटा क्रेन खस्किएर लिगबाट खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

एएफपीले सार्वजनिक गरेको भिडियो फुटेजमा रेलको क्षेतिग्रस्त संरचना विशाल कन्क्रिटका खम्बामा रहेको र तल रेलको भग्नावशेषबाट धुवाँ उडेको देखाइएको छ । उद्धार कर्ताले राजधानी बैँकको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दुर्घटनाग्रस्त रेलबाट यात्रु निकाल्ने काम गरेको जनाइएको छ ।

दुर्घटनामा २२ जनाको मृत्यु हुनुका साथै ८० जना घाइते भएको जनाएको छ । चिनको ५।४ अर्ब डलरको सहयोगमा थाइल्यान्डमा निर्माण गरिएको उच्च गतिको रेल परियोजनामा निर्माण स्थलमा दुर्घटना भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्