नेपाल । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र समापन गरिएको छ ।
बुधबार बिहान संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच वार्ताको ढोका खुला राखिरहँदा निर्वाचनको नयाँ तालिका अनुसार प्रक्रिया पनि अगाडि बढ्ने भएको छ । मनोनयन दर्ताका लागि बिहान ८ः१५ बजेदेखि ९ः१५ बजेसम्मको समय थप गरिएको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जनाएका छन् ।
गत आइतबारदेखि शुरू भएको विशेष महाधिवेशन सोमबार टुंगिने भनिए पनि बुधबारसम्म लम्बिएको छ । जिल्ला जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधि भने छिटो टुंगोमा पुगोस् भनी विरोध गरिरहेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्