-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडोको ब्रुमफिल्ड सिटी र नेपालको ललितपुर महानगरपालिका बिच भगीनी सम्बन्ध स्थापना गर्ने उद्देश्यले औपचारिक रूपमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र ब्रुमफिल सिटी मेयर गाइलिन क्याट्रिवटाले एक समारोह बिच भिगनी सम्बन्ध स्थापना गर्ने उद्देश्यले औपचारिक रूपमा हस्ताक्षर गरेर सम्बन्ध शुरू गरेका हुन् ।
ब्रुमफिल्ड सिटी काउन्सिल चेम्बर्समा कला सांस्कृतिक र प्रविधी आदान–प्रदान, आपसी सहयोग, सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइ दुवै सिटीका मियरहरूले साझेदारीको पत्रमा हस्ताक्षर गरेका हुन् । जनवरी १२, २०२६ मा सम्पन्न कार्यक्रममा ब्रुमफिल सिटीका पदाधिकारी, ललितपुर महानगरपालिका वडा नं १३ का गणेश केसी, नेपाली धावकद्वय टेन्डिङ शेर्पा,र मिरा राइ तथा कोलोराडोमा रहेका नेपाली समुदायका सदस्य, संघ संस्थाका पदाधिकारी, समाजसेवीहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रमको शुरूमा ललितपुर महानगरको बस्तुस्थिती झल्किएको डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । सांझ ६ देखि ८ बजेसम्म संचालित कार्यक्रमलाइ सम्बोधनगर्दै ब्रुमफिल मेयर गाइलिनले आजदेखि दुबै शहरबिच भगिनी सम्बन्ध औपचारिक रूपमा स्थापना भएको घोषणा गर्दै यस सम्बन्ध स्थापनागर्न धेरैटाढाबाट आउनु भएका चिरीबाबु लगायत नेपाली समुदायलाइ स्वागत गरेकी गरिन । यस सहकार्यले दुवै सहरका नागरिकबिच दीर्घकालीन सम्बन्ध र समझदारीलाई अझ सुदृढ बनाउने बिश्वास गर्दै सबैलाइ धन्यवाद दिएकी थिइन् ।
यसैगरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबुले आफुहरू प्रति दर्शाइएको स्वागत र सत्कार प्रति धन्यवाद दिए । उनले ललितपुरलाइ ललित कलाको सहरका रूपमा परिचित गराउँदै यसको ऐतिहासिक, सांस्कृतिक र कलात्मक महत्वबारे प्रकास पारेका थिए । विशिष्ट वास्तुकला, परम्परागत हस्तकला र जीवन्त सांस्कृतिक अभ्यासका कारण ललितपुर विश्वमै चर्चित रहेको उनले दावी गरे । ललितपुरलाइ विश्व हस्तकला परिषद् बाट मान्यता प्राप्त विश्वको ३५ औँ तथा नेपालकै एक मात्र हस्तकला शहर हुनु गौरवको विषय भएको भन्दै यस सम्बन्धले कला सांस्कृतिक र प्रविधी आदान–प्रदान, आपसी सहयोग, सहकार्यलाई प्रवर्द्धन गर्ने बिश्वास ब्यक्त गरे । उनले नेपाल घुम्न आउन समेत सबैलाइ अनुरोध गरे ।
कार्यक्रममा दुबै सिटीका मेयरहरूले यस सम्बन्धलाइ यहासम्म ल्याइ पुर्याउन धेरै लामो समयदेखी अथक प्रयासगर्ने हेल्पिङ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठलाइ धन्यवाद दिएका थिए ।
ब्रुमफिलको ललितपुर समेत विश्वका २ वटा सिटीहरू संग भिगनी सम्बन्ध स्थापित भएको छ । यस अघि ब्रुमफिलले जापान स्थित UEDA सहर संग सम्बन्ध भएको थियो । ललितपुरको भने, ब्रुमफिल समेत विश्वका ३ सिटीहरू कोरीयाको छेयरेन र रूशको Ulan Ude संग भगिनी सम्बन्ध स्थापना भएको छ । हस्ताक्षर कार्यक्रम पछि दुबै सिटीका मेयरहरूले एक आपसमा दुबै सिटीको झण्डा र गिफ्टहरू साटासाट गरेका थिए ।
ब्रुमफिल्डको तर्फबाट जुन्को गुडविनले नेटिभ अमेरिकन वेडिङ भेस उपहार स्वरूप प्रदान गरेकी थिइन । उपहार आदान–प्रदानको क्रममा ब्रुमफिल्डका मेयर गाइलिनले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ब्रुमफिल्डका दुई ऐतिहासिक तथा आकर्षक स्थलहरू-स्नोई एन्थेम पार्क र सन् १९०८ मा निर्माण गरिएको ब्रुनर फार्म हाउस का तस्बिरहरू उपहार स्वरूप प्रदान गरेकी थिइन ।
ललितपुरका तर्फबाट मेयर चिरीबाबुले मेयर गाइलिन लगायत अन्य पादाधिकारीहरूलाइ एउटै काठमा हातले कुदेर बनाइएको लोप उन्मुख जनाबर एकसिंगे गैंडाको बाबु आमा र बच्चाको आकृती अंकित शुन्दर कृति र मयूर झ्याल लगायतका शुन्दर कृतीहरू प्रदान गरेका थिए ।
कार्यक्रममा नारायण श्रेष्ठले यस क्षेत्रमा रहेका नेपाली समुदायहरूको परिचय दिँदै हेल्पिङ ह्याण्ड संस्थाको कार्यबारे जानकारी दिएका थिए । समारोहमा नेवाः खलःले नेवाः समुदायको परंपरागत सांस्कृतिक धिमे बाजा बजाएका थिए ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्