२७ पुष २०८२, आईतवार

भारतको हिमाञ्चल प्रदेशमा भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , January 11th, 2026

नेपाल । उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेर १४ पुगेको अधिकारीले शनिबार बताएका छन् ।

अधिकारीहरुका अनुसार दुर्घटनामा ४० जना यात्रु घाइते भई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका छन् भने घाइते मध्ये केहीको अवस्था गम्भीर छ ।

हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब १४२ किलोमिटर दक्षिणपूर्वमा सिरमौर जिल्लाको हरिपुरधार गाउँमा शुक्रबार एयटा यात्रु बहाक बस सडकबाट चिप्लीएर ५०० मिटर गहिरो खोल्सामा खसेर दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । धेरै व्यक्तिहरु अस्पतालमा गम्भीर अवस्थामा रहेको स्थानीय सरकारका मन्त्री जगत सिंह नेगीले बताउनु भएको छ ।

बसमा ६६ जना यात्रु सवार थिए । बस सोलनबाट हरिपुरधार जाँदै गर्दा दुर्घटना भएको थियो । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको भारतको अल इन्डिया रेडियोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्