२७ पुष २०८२, आईतवार

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार सर्जक सम्मानित

कोलोराडोखबर संवाददाता , January 11th, 2026

नेपाल । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले चार सर्जकलाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार महेश्वर शर्माले साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेलाई ५१ हजार १११ रुपैयाँ नगद राशिसहित ‘चूडामणि भाषाव्याकरण–कोश पुरस्कार’ प्रदान गरे ।

यस्तै, प्राडा लक्ष्मणप्रसाद गौतमलाई २५ हजार रुपैयाँसहित ‘कुमार–सरस्वती साहित्य पुरस्कार’, आख्यानकार मधुवन पौडेललाई २५ हजारसहित ‘शंकर कोइराला आख्यान पुरस्कार’ र साहित्यकार एवं रंगकर्मी किशोर पहाडीलाई ५५ हजार ५५५ सहित ‘रामप्रसाद पन्त वाङ्मय पुरस्कार’ प्रदान गरियो ।

कार्यक्रममा दायित्व पत्रिकाको १५६औँ अंकको लोकार्पण पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्