२७ पुष २०८२, आईतवार

पाँच महिनामै आठ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियो

कोलोराडोखबर संवाददाता , January 10th, 2026

नेपाल । नेपालमा रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो पाँच महिनामै आठ खर्ब ७० अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ । मङ्सिर महिनामा मात्रै एक खर्ब ८३ अर्ब १८ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।

गत आवको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर ४.७ प्रतिशत मात्र रहेको थियो । गत वर्षको सोही महिनामा यो रकम एक खर्ब १८ अर्ब ७९ करोड रुपियाँ थियो । एक वर्षमै करिब ५४ अर्ब रुपियाँले मासिक रेमिट्यान्स बढेको छ ।

रेमिट्यान्सको तीव्र वृद्धिले विदेशी मुद्रा सञ्चिति सुदृढ, बैङ्किङ प्रणालीमा तरलता सहज र आयात भुक्तानी क्षमता मजबुत बन्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आव २०८२–८३ को पाँच महिना (२०८२ मङ्सिरसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब एक अर्ब ४७ करोड रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्