नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अध्यक्ष विकास उप्रेतीज्यूको अध्यक्षतामा यही जनवरी ४, २०२६ मा सम्पन्न पूर्ण कार्यसमिति बैठकले सर्वसम्मत रूपमा ६ सदस्यीय प्याट्रोन कमिटी गठन गरेको छ।
उक्त प्याट्रोन कमिटीको चिफ प्याट्रोन पदमा शिव राई चयन हुनु भएको छ ।
साथै, प्याट्रोन सदस्यहरूमा भुवन आचार्य, डा. सन्जु महतो, डा. तारा सिग्देल, सुनिता सापकोटा कन्डेल तथा कुलमणि आचार्य रहनु भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्