-आर. आर. चौलागाईं-
हिजो उसको
सेतो रङको कमिजमा
अलिकति फोहर लागेको थियो
मैले इसारा गरेँ उसलाई
र फोहर सफा गर भनेँ
ऊ मसँग रिसायो
तर फोहर सफा गरेन
अहिले उसको कमिजभरि
फोहर लागेको छ
र कमिजमा अलिकति पनि
सेतो रङ बाँकी छैन
अब त्यो कमिजलाई फालेर
नयाँ कमिज सिलाउनुबाहेक
ऊसँग अरू कुनै उपाय बाँकी छैन
यदि उसले त्यसो गरेन भने
कमिज पुरै फाट्छ
अनि ऊ नाङ्गै हुने छ ।
-हेटौंडा मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्